

गृहसचिव न्यौपानेसहित दुई आइजी पुरस्कृत

काडमाडौं – गृह मन्त्रालयले बेरुजु फछ्र्यौटमा उल्लेखनिय भूमिका खेलेको भन्दै विभिन्न व्यक्तित्वहरूलाई सम्मानित गरेको छ ।
मन्त्रालयले गृहसचिव महेश्वर न्यौपानेसहित तीन सहसचिव तथा नेपाल प्रहरी र सशस्त्र प्रहरी महानिरीक्षक (आइजीपी) लाई बेरुजु फछ्र्यौटमा उल्लेखनिय भूमिका निभाएको भन्दै पुरस्कृत गरेको छ।
यसरी पुरस्कार पाउनेमा गृहसचिव न्यौपाने, सहसचिवत्रय जनकराज दाहाल, द्रोण पोखरेल र श्रवणकुमार तिमिल्सेनासहित सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र नेपाल प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री छन्।
आइतबार मन्त्रालयमा आयोजित कार्यक्रममा गृहसचिव रामबहादुर थापा बादलले उनीहरुलाई पुरस्कृत गरेका हुन्।
तत्कालिन नुवाकोटका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले आफ्नो कार्यकालमा सबैभन्दा धेरै ९९ दशमलव ९८ प्रतिशत बेरुजु फछ्र्यौट गरेका थिए। उनले जम्मा ४५ करोड ६१ लाख रुपैयाँ फछ्र्यौट गरेका हुन्।
यस्तै दोस्रोमा सहसचिव जनकराज दाहाल ९४ दशमलव ४९ प्रतिशत र तेस्रोमा नेपाल प्रहरीले ९१ प्रतिशत बेरुजु फछर्यौट गरेका छन्।
मन्त्रालय र मातहतको जम्मा बेरूजु २ अर्ब १६ करोड रहेकोमा २०७७ असार मसान्तसम्ममा १ अर्ब ६६ करोड फछ्यौट भएको हो।

