पूर्वमन्त्री रायको हत्यामा आफन्तकै संलग्नताको आशंका


काठमाडौं– धारिलो हतियार प्रहार गरि सर्लाहीमा पूर्व राज्यमन्त्री रामचन्द्र रायको हत्याको अनुसन्धान सुरु भएको छ ।

चन्द्रनगर गाउँपालिका वडा –१ मा रहेको उनकै घरमा राति ११ बजे हत्या भएको हो ।

अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी गएराति रायको हत्या गरेको मधेस प्रदेश प्रहरी कार्यालयका एसपी सुवास चन्द्र बोहराले जानकारी दिए ।

उनी बेलाबेला सो घरमा बस्न आउने गरेको र घटनाको अनुसन्धानमा प्रहरी सक्रिय रहेको सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेले जानकारी दिए ।

उनका अनुसार रायको साथमा सहयोगी भएपनि उनी कोठामा एक्लै सुतेका थिए ।

उनको काठमाडौं,मंगलवासहित तीन ठाउँमा घर रहेको खुलेको छ ।

सर्लाही उनको गाउँको घर हो । प्रायजसो उनी सर्लाही नबस्ने गरेको खुलेको छ ।

८० वर्षीय राय राप्रपाबाट ३० वर्षअघि भूमिव्यवस्था राज्यमन्त्री भएका थिए ।

घटनामा आफन्त वा चिनजानकै व्यक्तिको संलग्नताको आशंका गरिएको छ ।

एक अधिकारीले भने,‘यहाँ सम्पत्ती हुनेहरु नै हुन्छन् । यस्तोमा सम्पत्तीकै लागि पनि अपराध भएको हुनसक्ने देखिन्छ । ८० वर्षीय वृद्धलाई अन्य कुनै सुरक्षा थ्रेट त देखिदैन ।’

प्रतिक्रिया