सहयोगीसँग सर्लाही गएका थिए हत्या गरिएका पूर्व राज्यमन्त्री राय
काठमाडौं– धारिलो हतियार प्रहार गरि सर्लाहीमा पूर्व राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ ।
चन्द्रनगर गाउँपालिका वडा –१ मा रहेको उनकै घरमा हत्या भएको हो ।
अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी गएराति रायको हत्या गरेको मधेस प्रदेश प्रहरी कार्यालयका एसपी सुवास चन्द्र बोहराले जानकारी दिए ।
राति १ बजेको समयमा घटना भएको हो ।
उनको काठमाडौंसहित तीन ठाउँमा घर रहेको हिजो सहयोगीको साथमा सर्लाहीमा रहेको बेला हत्या भएको प्रहरीले जनाएको छ ।
सर्लाही उनको गाउँको घर हो । प्रायजसो उनी सर्लाही नबस्ने गरेको खुलेको छ ।
८० वर्षीय राय राप्रपाबाट ३० वर्षअघि भूमिव्यवस्था राज्यमन्त्री भएका थिए ।
घटनाबारे अनुसन्धान सुरु भएको र हालसम्म कोही पक्राउ नपरेको एसपी बोहराले जानकारी दिए ।