मन्त्री,सांसदलाई सुविधै–सुविधा, प्रहरीका ८०२ युनिटमा छैन शौचालय


काठमाडौं– नेपाल प्रहरीका ८ सयभन्दा बढी युनिटमा शौचालय नरहेको पाइएको छ । मन्त्री,सांसद र नेताहरुलाई स्ुविधै–सुविधा हुँदा प्रहरी भने सौचालय समेत प्रयोग गर्न पाइरहेका छैनन् ।

प्रहरीमा देशभर २ हजार ६ सय ६० वटा स्थायी युनिट छन् । जसमा ३० प्रतिशतभन्दा बढी युनिटमा शौचालय नै नरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरी प्रधान कार्यालयले आइतबार सञ्चारकर्मीसँगको भेटमा यो कुराको जानकारी गराएको छ ।

बजेट अभावका कारण आफ्नै स्वामित्वमा प्रहरीका ब्यारेक तथा कार्यालय बन्न नसकेको  र  थुप्रै ब्यारेहरुमा शौचालय बनाउन नसकिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया