पूर्वडिआईजी मल्लकै नाममा नक्कली फेसबुक आइडी, पैसा मागेर हैरान!


काठमाडौं– नेपाल प्रहरीका पूर्व नायव महानिरिक्षक (डिआईजी) हेमन्त मल्लको नाममा नक्कली फेसबुक आइडी खोलेर रकम माग गर्ने गरेको खुलेको छ।

मल्ल आफैंले उक्त जानकारी दिँदै त्यस्तो नक्कली आइडीलाई रिपोर्ट गर्नका लागि आग्रह गरेका छन्। मल्लले हाल प्रयोग गरेको तस्बिर राखेर उनको फ्रेन्डलिष्टमा रहेका व्यक्तिलाई नै त्यसरी हैरान पार्ने गरिएको खुलेको छ।

‘नक्कली आइडीबाट पैसा मागिरहेको रहेछ, यस विषयमा प्रहरीलाई जानकारी गराइसकेको छु, फेसबुकमा पनि रिपोर्ट गरियो अहिले बन्द गरेको रहेछ’, मल्लले भने,‘सबैभन्दा पहिला पत्रकारहरुलाई पठाएर हिन्दीमा कुरा गरेको पत्तो लाग्यो। यस्ता ठगीका धन्दा गर्नेहरूसँग सजग रहनुपर्छ।’

मल्ले यस्ता गतिविधिका विषयमा सार्वजनिक गरे जोगिने र सचेत हुने मौका पाइने बताए। उनी भन्छन्,‘प्रहरीले पनि आफ्नो ढंगले छानबिन गर्नेछ।’ मल्लका नाममा कसले खोल्यो भन्ने व्यक्तिचाहिँ पत्ता लागिसकेको छैन।

प्रतिक्रिया