शैल्यशिखर-१ ले आफ्नै एम्बुलेन्स किन्ने


काठमाडौं – दार्चुलास्थित् शैल्यशिखर नगरपालिकाको एक वडाले आफ्नै पैसाबाट एम्बुलेन्स किन्ने भएको छ।

पालिकाको १ नम्बर वडा कार्यालय बलाँचले यस आर्थिक वर्ष आफ्नो वडामा आउने बजेटबाट अन्य योजना कटाएर जनताको लागि एम्बुलेन्स किन्ने निर्णय गरेको हो।

बुधबार वडाध्यक्ष भरतबहादुर खडायतको अध्यक्षतामा बसेको वडा समितिको बैठकले वडा नम्बर १ बलाँचका लागि एम्बुलेन्स खरिद गर्न २० लाख रुपैयाँ विनियोजन गरेको छ।

वडाध्यक्ष खडायतले वडाका केही अतिआवश्यक योजनाबाहेक अन्य योजना काटेर वडाको आफ्नो छुट्टै एम्बुलेन्स किन्ने निर्णय गरेको जानकारी दिएका छन्।

प्रतिक्रिया