

पैसा छाप्ने प्रिन्टरसहित एक जना पक्राउ

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकमा इलाका प्रहरी कार्यालय मेलम्चीले नक्कली पैसा छाप्ने मेसिनसहित एक जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा मेलम्ची नगरपालिका– १३ का राजाराम दनुवार रहेको प्रहरीले जनाएको छ ।
नक्कली पैसा छापी कारोवार गरिरहेको भन्ने प्राप्त सूचनाका आधारमा दनुवारलाई मेलम्ची नगरपालिका–१२ स्थित बिआरएस मोबाइल हाउसबाट नक्कली नोट र नक्कली नोट छाप्न प्रयोग गर्ने प्रिन्टरसहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिए ।
पक्राउ परेका दनुवारलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय चितवन पठाइएको उनले बताए ।

