रंगेहात समातिएका शैल्यशिखर नगरपालिकाका अधिकृत धामीसँग भेटियो ४ लाख १२ हजार


दार्चुला – शैल्यशिखर नगरपालिकाका २ जना कर्मचारी ४ लाख १२ हजार रुपैयाँसहित रंगेहात पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कृषि शाखा प्रमुख मोहनसिंह धामी र कृषि प्राविधिक सहायक अशोकसिंह धामी रहेका छन् ।

उनीहरूलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोग कञ्चनपुरको टोलीले धनगढी उपमहानगरपालिका–४ बोराडाडीबाट पक्राउ गरेको हो ।

स्रोतका अनुसार उनीहरुले कृषक समूहको बिल भुक्तानीका क्रममा सो घुस रकम मागेका थिए ।

उनीहरुलाई थप अनुसन्धानका लागि अख्तियारको सुदूरपश्चिम कार्यालय महेन्द्रनगर लगिदैँछ ।

 

यो पनि

शैल्यशिखर नगरपालिकाका कृषि अधिकृतसहित २ जना घुससहित पक्राउ

प्रतिक्रिया