एकैपटक देशको ६ स्थानमा राष्ट्रिय वाणिज्य बैंकको शाखा विस्तार
काठमाडौँ – राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले देशको विभिन्न ६ स्थानमा आइतबार एकैपटक शाखा विस्तार गरी कारोबार शुभारम्भ गरेको छ ।
सुनसरीको हरिनगर गाउँपालिका वडा नम्बर २, भुटाहा स्थित शाखा कार्यालय भुटाहा, काठमाडौँ महानगरपालिका वडा नम्बर २, लाजिम्पाट स्थित शाखा कार्यालय लाजिम्पाट, काठमाडौँ महानगरपालिका वडा नम्बर ४, सुकेधारा स्थित शाखा कार्यालय सुकेधारा, कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नम्बर १, हरिचोक स्थित शाखा कार्यालय हरिचोक, रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका वडा नम्बर ५, मणिग्राम स्थित शाखा कार्यालय मणिग्राम, बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका वडा न: ६, मैनापोखर स्थित शाखा कार्यालय मैनापोखर शाखा कार्यालयहरू विस्तार गरी आईतबारबाट कारोबार शुभारम्भ गरेको छ ।
यसपछि बैंकको शाखा कार्यालयहरूको सङ्ख्या २९४ पुगेको छ । साथै बैंकले आइतबार नै स्याङ्जाको चापाकोट नगरपालिका वडा न. १० स्थित इसान बहुप्राविधिक शिक्षालयमा ७३ औँ एक्स्टेन्सन काउन्टर समेत सञ्चालनमा ल्याएको छ ।
बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २९४ वटा शाखा कार्यालय, ३०८ वटा एटिएम र ७३ वटा एक्स्टेन्सन काउन्टर रहेको छ ।