कार्यभार सम्हाल्दै अर्थमन्त्री पौडेलले भनेः सेयर बजार सन्तुलित रुपमा अघि बढ्छ


काठमाडौं । नवनियुक्त उपप्रधान एव अर्थमन्त्री विष्णु पौडेलले विकास वित्तमा भएका अभावहरूको समस्या समाधान गर्ने बताएका छन् ।

सोमबार मन्त्रीमा नियुक्त भएर शपथ लिएपछि उनले अर्थमन्त्रालयको पदभार ग्रहण गर्दै यस्तो बताएका हुन् ।

उनले भने, ‘अहिले अर्थतन्त्र तथा सार्वजनिक वित्तमा समस्याहरू छन् । सबैसँग सहकार्य गरेर समाधान गर्नुपर्छ । अर्थतन्त्रका समस्या समाधान गर्न सरकार अभिभावकका रुपमा अघि बढ्छ । त्यसैले मैले विकास र वित्तका नयाँ विकल्प खोज्न अध्ययन समिति बनाउने पहिलो निर्णयमा हस्ताक्षर गरेको छु ।’

साथै उनले सेयर बजारलाई अर्थतन्त्रको ऐनाका रुपमा हेरेर सन्तुलित ढंगले अगाडि बढाउने बताए । उनले सरकारको कार्यक्रम लागू गर्ने क्रममा बजेट बाधक नबन्ने पनि बताएका छन् ।

 

प्रतिक्रिया