महोत्तरीमा गोली प्रहार गरी डकैतीमा संलग्न प्रहरी नियन्त्रणमा


महोत्तरी — महोत्तरीमा गोली प्रहार गरी एक डाँकालाई नियन्त्रणमा लिइएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको प्रहरी टोलीले बिगत लामो समयदेखि बारा, सर्लाही, महोत्तरी, सिरहा र सिन्धुलीमा पटक पटक डकैतीमा संलग्न भएको आरोपमा प्रहरीले गोली प्रहार गरी सर्लाहीस्थित लालाबन्दी–२ बस्ने बर्ष ४० का बीजेन्द्र पासवनलाई प्रहरीले घुँडा मुनि गोली हानी नियन्त्रणमा लिएको हो ।

प्रहरी टोलिले खोजतलास गर्ने क्रममा आइतबार राती महोत्तरीको सोनमा गाउँपालिका-५ खैरवनी स्थित सर्लाही र मोहत्तरी सिमाना सितलपुर भन्ने स्थानबाट उनलाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी संतुलाल प्रसाद जयसवारका अनुसार खोजीका क्रममा प्रहरीसँग जम्काभेट हुँदा उनलाई पक्राउ गर्न लागेको बेला भागेपछि गोली हानेर नियन्त्रणमा लिइएको हो ।

प्रतिक्रिया