अर्जेन्टिनालाई कोपा अमेरिकाको उपाधि


काठमाडौं — कोपा अमेरिकाको उपाधि अर्जेन्टिनाले हात पारेको छ ।

कोलम्बियाविरुद्धको फाइनलमा अर्जेन्टिनाले १–० को जित हात पार्दै उपाधि हात पारेको हो ।

अर्जेन्टिनाका लागि ११२ औं मिनेटमा गोल गर्दै लौटारो मार्टिनेजको गोल नै निर्णायक गोल बनेको छ ।

निर्धारित ९० मिनेटमा कुनै पनि टोलीले गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको हो ।

चोटका कारण लिओनल मेसी खेलको ६८ औं मिनेटमा मैदानबाट बाहिरिएका थिए । उनको खुट्टामा समस्या देखिएको थियो।

 

प्रतिक्रिया