काठमाडौंको होटलमा ‘स्कुल ब्याग’मा राखेकी थिइन मेलिसियन महिलाले २० करोडको कोकिन


काठमाडौं– काठमाडौंको ठमेलबाट झण्डै ६ किलो कोकिनसहित पक्राउ परेकी मलेसियन महिलालाई प्रहरीले सार्वजनिक गरेको छ ।

ठमेलस्थित काठमाडौं सिटी होटलबाट उनलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा ४७ वर्षीया बाथुमलाई भाडिभालो छन् ।

उनको साथबाट ८ किलो ८२० ग्राम कोकिन बराम भएको काठमाडौं प्रहरीका एसपी नवराज अधिकारीले जानकारी दिए ।

अन्तराष्ट्रिय बजारमा लागुऔषध खैरो हिरोइनभन्दा कोकिन दुई गुणा महँगो मानिन्छ । अधिकारीका अनुसार बरामद भएको कोकिनको मुल्य २० करोड ३७ लाख बढी हुन आउँछ ।

उनले सो कोकिन ६ वटा स्कुल ब्यागमा फल्स बटम बनाएर लुकाएकी थिइन ।

प्रतिक्रिया