ओली सरकारमा दुई जना उपप्रधानमन्त्री !

कांग्रेसबाट प्रकाशमान, एमालेबाट विष्णु


काठमाडौं- कांग्रेस-एमाले सम्मेलित नयाँ सत्ता समिकरणमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएसँगै दुई जना उपप्रधानमन्त्री हुने लगभग पक्का भएको छ।

कांग्रेसले प्रधानमन्त्रीमा एमालेलाई समर्थन गरेसँगै आफूलाई उपप्रधानसहित मालदार मन्त्रालयको दाबी गरिरहेको छ।

सहमति अनुसार एमालेले प्रधानमन्त्रीसहित अर्थ आफ्नो कोल्टामा पार्दा कांग्रेसलेपनि गृह र परराष्ट्रसहितका अन्य मालदार मन्त्रालयको लबिङमा जुटिरहेको छ।

सभापति शेरबहादुर देउवाले पार्टीबाट उपप्रधानमन्त्रीको नेतृत्वमा कांग्रेसलाई सरकारमा सहभागी पठाउने तयारी गरिरहँदा प्रकाशमान सिंहलाई त्यसका लागि तयार रहिरहन निर्देशन दिएको देउवा निकट स्रोतले बताएको छ।

कांग्रेसले उपप्रधानमन्त्री माग्दा एमालेले पनि उपप्रधानसहित अर्थमा विष्णु पौडेललाई पठाउने लगभग पक्का पक्की भइसकेको छ। एमाले स्रोतका अनुसार अर्थमा विष्णुबाहेक अन्य मन्त्री बन्नेहरूको नाम अहिलेसम्म बाहिरिएको छैन। उक्त स्रोतका अनुसार मन्त्री छान्ने जिम्मेवारी अध्यक्ष ओलीलाई नै भएको हुँदा थप जानकारी बाहिरिएको छैन।

कांग्रेसले नै उपप्रधानमन्त्री राख्न जोड गरिरहँदा एमालेले पनि दुई ठूला दलबाट एक/एक जना उपप्रधानमन्त्री राख्ने सहमति शीर्ष नेताले गरिएको बुझिएको छ।

प्रतिक्रिया