

यी पाँच नेतालाई स्पष्टीकरण सोध्ने बालुवाटार बैठकको निर्णय

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको बैठकले पाँच नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
बालुवाटारमा शनिबार बसेको बैठकले वरिष्ठ नेता माधवकुमार नेपाल र नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।
गुटगत गतिविधि गरेको भन्दै बोर्डले माधव नेपालसहितका नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरिएको स्रोतले बतायो ।
यसअघि संसदीय दलको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले स्पष्टीकरण सोधिने र नदिए कारबाहीसम्म गरिने बताएका थिए।

