पछिल्लो २४ घण्टामा नेपालमा थपिए ७९ जना कोरोना संक्रमित, ८२ जना संक्रमणमुक्त


काठमाडौँ – पछिल्लो २४ घण्टामा नेपालमा ७९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ८७ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७५ हजार ८२९ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ८२ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या २ लाख ७१ हजार ८ सय १५ रहेको छ ।

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १६ रहेको छ । हालसम्म देशभर २२ लाख ३३ हजार ३ सय ४५ नमुनाको पीसीआर परीक्षण भएको छ । क्वारेन्टाइनमा ५१ जना रहेका छन् ।

प्रतिक्रिया