नेपाली भाषी राज्य सिक्किममा प्रतिपक्षविहीन बने सीएम तामाङ


काठमाडाैं- अप्रिल १९ मा भएको विधानसभा चुनावपछि सिक्किममा सिक्किम क्रान्तिकारी मोर्चा(एसकेएम)  पुनः सत्तामा फर्किएको छ ।  ३२ सदस्यीय विधानसभामा एसकेएमले ३१ सिटमा जित हात पारेको थियाे । त्यसपछि एसकेएमका नेता प्रेमसिंह तामाङ (पीएस गोले) मुख्यमन्त्रीमा दोहोरिएका थिए । उनकाे प्रतिपक्षमा सिक्किम डेमोक्रेटिक फ्रन्ट(एसडीएफ)बाट जितेका तेन्जिङ नोर्बु लामथा मात्रै थिए ।

तर, अब उनी पनि सत्तारुढ सिक्किम क्रान्तिकारी मोर्चामा सामेल भएका छन् । मुख्यमन्त्री प्रेमसिंह तामाङले सामाजिक सञ्जालमार्फत सो जानकारी दिएका हुन् । मुख्यमन्त्री तामाङले फेसबुकमा लेखेका छन्, ‘आज मेरो सरकारी निवास मिन्टोकगुङमा २३-सियारी विधानसभा क्षेत्रका विधायक तेन्जिङ नोर्बु लामथासँग भेट्न पाउँदा खुसी लाग्यो । उहाँ अब आधिकारिक रूपमा हाम्रो एसकेएम परिवारमा सामेल हुनुभएको छ । उहाँ जनताको कुरा सुनेर सामेल हुनुभयो ।’

एसकेएममा आवद्ध भएपछि नोर्बुले पनि आफू पहिले पनि एसकेएममा रहेकाेमा घर फर्केको बताएका छन् । ‘म प्रतिपक्षमा बसेर आफ्नो क्षेत्रको विकासका लागि के गर्नुपर्छ भन्ने सोचेको थिए । त्यसपछि सियारीका जनतासँग कुरा गरेँ । जनताको चाहना अनुसार नै म एसकेएममा आवद्ध भएको हुँ । मेरो प्राथमिकता सियारीको विकास हो’ उनले भने ।

यो पनि :
सिक्किम विधानसभामा तहल्का मच्चाउने नेपाली भाषी प्रेमसिंह तामाङ को हुन् ?
सिक्किममा तामाङको पार्टी एसकेएमको एकलौटी जित, ३२ मध्ये ३१ सिटमा विजयी

 

प्रतिक्रिया