तेस्रोपटक सांसद बनेका बाजुराका बद्री पाण्डेलाई कांग्रेसले यसपटक न्याय गर्ला ?


काठमाडौं – नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे विकट जिल्ला बाजुराबाट निर्वाचित सांसद हुन् । यसअघि पाण्डेले संविधानसभा सदस्य र राष्ट्रिय सभा सदस्यका रुपमा समेत काम गरिसकेका पाण्डे तेस्रोपटक संसदमा प्रतिनिधित्व गरिरहेका छन् ।

कांग्रेसका सहमहामन्त्री रहेका पाण्डे ३ पटक सांसद भइसकेपनि अहिलेसम्म मन्त्रीका रूपमा सरकारमा सामेल भने गराएको छैन । कांग्रेसमा शीर्ष नेता नजिक रहँदा एक पटक सांसद भएका वा समानुपातिकबाट आएकाहरुले पटक-पटक अवसर पाउँदा पिछडिएको क्षेत्रबाट कम्युनिष्ट गढ भत्काएर आएका पाण्डे भने किनारामा परे ।

तर पाण्डेले पार्टीभित्र मन्त्री नबनाइएकोमा कहिल्यै सार्वजनिक रुपमा गुनासो गरेका छैनन् । ‘उहाँ पार्टीभित्र संगठक पनि हो । पदसँग उहाँलाई खासै धेरै मोह देखिँदैन । पार्टीले दिएको जिम्मेवारी निष्ठापूर्वक पूरा गर्ने नेताका रुपमा उहाँको परिचय छ,’ कांग्रेसका एक केन्द्रीय सदस्य पाण्डेबारे भने, ‘पार्टीले जनतामा राम्रो छाप छाड्न पनि पाण्डेजस्ता निष्ठावान नेतालाई यसपटक सरकारमा पठाउनुपर्छ । जनताले पत्याएका नेतालाई सरकारमा मौका दिनुपर्छ ।’ यसपटक पनि पाण्डेलाई मन्त्री नबनाए उनीमाथि अन्याय हुने मत कांग्रेसभित्र बलियो छ ।

बाजुरा जिल्ला कम्युनिष्ट पार्टीको गढ नै थियो । पाण्डेलाई कांग्रेसले उम्मेदवार बनाउँदा जित्ने आशा कमैले गरेको बाजुराका कांग्रेस नेताहरुनै बताउँछन् । तर, पाण्डे सादगी शैली र सैद्धान्तिक, वैचारिक प्रष्टताका कारण बाजुराका जनताले अत्याधिक रुचाए ।

एमालेका प्रभावशाली मानिने नेता कर्ण थापालाई पराजित गर्दै पाण्डेले सहज जित निकाले । कर्णालीमा बढ्दै गएको कम्युनिष्ट पकड बाजुरामा कमजोर पार्न पाण्डे सफल पनि भए । नेविसंघको राजनीतिबाट आएका पाण्डे पार्टीको केन्द्रीय सदस्य हुँदै हाल सहमहामन्त्री छन् ।

पिछडिएको क्षेत्रको पनि प्रतिनिधित्व हुने र सरकारमा रहेर काम पनि गरेर देखाउनसक्ने निष्कलंकित छवि पनि भएकाले पाण्डे यसपटक मन्त्री बन्ने चर्चा कांग्रेसभित्र यसपटक छ । के कांग्रेसले कम्युनिष्ट गढ भत्काएर उदाएका निष्ठावान् नेतालाई सरकारमा पठाएर न्याय गर्ला ?

प्रतिक्रिया