आजदेखि नौबिसे–मलेखुखण्डमा रातीमा सवारी आगागमन बन्द


काठमाडौं — नौबिसे—मलेखु सडकखण्ड आज (बुधबार)देखि रातीमा बन्द हुने भएको छ।

उक्त सडकखण्डका विभिन्न क्षेत्रमा पर्ने पुल निर्माणका लागि राति १० बजेदेखि विहान ३ बजेसम्म सडकखण्ड बन्द गरिने नागढुंगा–मुग्लिन सडक आयोजना पूर्वी खण्ड (धादिङ) ले जनाएको छ।

उक्त आयोजनाले आज एक सूचना जारी गरी आउँदो साउन ९ गतेसम्मका लागि सडक बन्द गरेर काम गर्न लगिएको जानकारी गराएको हो। सुरक्षाकर्मीका गाडी र एम्बुलेन्स भने चल्ने जनाइएको छ।

प्रतिक्रिया