चट्याङ लागेर बाँकेमा २ महिलाको मृत्यु, एक घाइते


बाँके – बाँकेमा चट्याङ लागेर दुई जना महिलाको मृत्यु भएको छ भने एक जना महिला घाइते भएकी छिन् ।

बाँकेको राप्ती सोनारी गाउँपालिका–२ कचनापुरको हरिहरपुर गाउँमा धान रोप्ने क्रममा साँझ ६ बजे दुई महिलालाई चट्याङ लागेको थियो ।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले चट्याङबाट गम्भीर घाइतेको भएको दुवै जनाको कोहलपुर अस्पतालमा मृत्यु भएको बताए ।

मृत्यु हुनेमा राप्ती साेनारी गाउँपालिकाकि ३२ वर्षीया सम्झना विक र ३२ वर्षीया वसन्ती उपाध्याय रहेका छन् । गम्भीर घाइते दुवैको उपचारका क्रममा ज्यान गएको हो ।

चट्याङ लागेर ३० वर्षीया सलिना विक गम्भीर घाइते भएकी छिन् । उनको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया