‘नेतृत्वको आलोचना गर्दा पार्टीबाट निकालिएका एक डाक्टर’


काठमाडौं–मंगलबार (आज) राष्ट्रिय स्वतन्त्र पार्टीले निलम्बनमा रहेका महामन्त्री डा.मुकुल ढकाललाई पदबाट बर्खास्त गरेको छ ।

अब उनी पार्टीको साधारण सदस्यमात्रै रहनेछन् ।

केन्द्रीय समिति बैठकले कारबाहीको निर्णय गरेको हो । ढकाल पार्टी सभापति रवि लामिछानेको विरोध गर्दै आएका थिए ।

किन निकालिए मुकुल ?

मुकुल ढकाल आफ्नो प्रतिवेदनका कारण पार्टीबाट निकालिए । उनले लेखेको प्रतिवेदन पार्टी सभापति तथा गृहमन्त्री रवि लामिछानेलाई मन परेन् । जहाँ मुकुलले व्यक्ति होइन पार्टी बनाऔं भनेर लेखेका थिए ।

मुकुलले गत जेठ ६ देखि असार ५ गतेसम्म ३८ जिल्ला पुगेर समीक्षा यात्रा– फोक्सुन्डो प्रतिवेदन तयार पारेका थिए ।

प्रतिवेदनमा उनले नेतृत्वमाथि चर्को आलोचना गरेका थिए । त्यही आलोचनाका कारण आफैले जन्माएको पार्टीबाट उनी निकालिए ।

ढकालको प्रतिवेदन लगत्तै उनलाई पदबाट निलम्बन गरियो । सात दिनपछि महामन्त्रीबाट वर्खास्त गरियो ।

के थियो ढकालको प्रतिवेदनमा ?

प्रतिवेदनमा सभापति आफैं गृहमन्त्री भएर किन सहभागि भएको भन्दै प्रश्न गरिएको थियो ।

जिवि राई कहिले समातिन्छन् भनेर प्रश्न गरिएको थियो ।

सभापति लामिछानेलाई भेट्नभन्दा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्न सजिलो रहेको उल्लेख थियो ।

उनले रविको पार्टीबाट रास्वपा बनाउन माग गरेका थिए ।

रविको गाडीको सिसा कालो भएको उनको प्रतिवेदनमा उल्लेख थियो ।

नेताहरु सुविधाभोगी भएको उनले लेखेका थिए ।

पार्टी एनजिओ जस्तो भएको उनको टिप्पणी थियो ।

सहकारको भ्रम चिर्न नसकेको, पैसा नभएको मान्छेलाई पार्टीमा स्थान नभएको पनि मुकुलको आरोप थियो ।

यीनै आरोपका कारण मुकुल पार्टीबाट निकालिए ।

प्रतिक्रिया