मोदीको आग्रहपछि रुसी सेनामा भर्ति भएका भारतीय नागरिकलाई फिर्ता पठाइने


काठमाडाैं- रुस -युक्रेनबीचको युद्धमा अग्रपंक्तिमा लडिरहेकामध्ये भारतीय नागरिक पनि संलग्न छन् । रुसी सेनाको तर्फबाट लडिरहेका धेरै भारतीयको पनि ज्यान गएको छ । यसैबीच रुसले आफ्नो सेनाको तर्फबाट लड्ने भारतीय नागरिकलाई बिदा दिइने जानकारी दिएको छ ।

भारतले गरेकाे अनुरोधमा रुस सहमत भएपछि त्यहाँ रहेका भारतीयलाई स्वदेश ल्याइने भएको हाे । प्रधानमन्त्री नरेन्द्र मोदीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग मस्कोमा गरेको भेटमा गरिएको आग्रहलाई रुसले सकारात्मक रुपमा लिएको बताइएको छ ।

रुसी सेनामा कम्तीमा एक सय जना भारतीय भर्ना भएको आशंका छ । हालसम्म तीमध्ये दुई जनाको युक्रेन नजिकैको क्षेत्रमा ज्यान गएको भारतीय विदेश मन्त्रालयले जानकारी दिएको थियो ।

प्रतिक्रिया