२ करोड हुण्डीको कारोबारको आरोपमा कुमारी बैंककी कर्मचारी राणा पक्राउ


काठमाडौं – हुन्डीको कारोबार गरेको अभियोगमा एक महिला पक्राउ परेकी छिन् ।

कुमारी बैंककी कर्मचारीसमेत रहेकी काभ्रेको धुलिखेल निवासी तृप्ती राणालाई प्रहरीले २ करोड हुण्डीको रकम आफ्नो खातामा ट्रान्सफर गरेको अभियोगमा पक्राउ गेको प्रहरीले जनाएको छ ।

तृप्तीले बैंकबाट खोलिएको तलब खाताको अनुचित प्रयोग गरी २ करोड रुपैयाँ हुण्डीको रकम कारोबार गरेको देखिएको भन्दै बैंकले दिएको उजुरीका आधारमा पक्राउ  गरिएको काठमाडौं परिसरका प्रहरी उपरिक्षक (एसपी) नवराज अधिकारीले जनाए ।

बैंकले राणाले पटकपटक ठूलोमात्रामा रकम जम्मा गर्ने र झिक्ने देखिएकोले गैरकानुनी रुपमा हुण्डीको कारोबार गरेको भन्दै आफ्नै कर्मचारीविरुद्ध उजुरी दिएको हो ।

राणा बैंककी कर्मचारी युनियनकी नेतृ समेत रहेका कारण बैंक प्रशासनले फसाउनका लागि झुठो उजुरी दिएर फसाएको पनि दाबी गरिएको छ ।

राणालाई सोमबार थापाथलीबाट पक्राउ गरी काठमाडौं जिल्ला अदालतबाट अनुसन्धानका लागि ७ दिनको म्याद थप समेत गरिसकिएको छ ।

प्रतिक्रिया