बुटवलबाट भैरहवा जाँदै गरेको बस दुर्घटना, ८ जना घाइते


बुटवल – रुपन्देहीको तिलोत्तमामा आज बिहान बस दुर्घटनामा परेको छ ।

तिलोत्तमा २ शंकरनगरमा  बिहानै बस दुर्घटना हुँदा ८ जना घाइते भएको प्रहरीले  जनाएको  छ ।

प्रहरी चौकी ड्राइभरटोलका अनुसार बुटवलदेखि भैरहवातर्फ जाँदै गरेको लु २ ख २७९२ नम्बरको बस आफै अनियन्त्रित भई सडकमा पल्टेको हो ।

बसमा सवार ८ जना घाइते मध्ये सहचालकको अवस्था मध्यम रहेको  छ । अन्य सामान्य घाइते भएको प्रहरीले  जनाएको  छ । बसमा १६ जना सवार थिए । प्रहरीले चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको  छ ।

 

प्रतिक्रिया