म सधैँ गलत मान्छेकै प्रेममा परे : मनिषा कोइराला


काठमाडौं– बलिवुड स्टार अभिनेत्री मनिषा कोइरालाले आफु सधैँ गलत मान्छेको प्रेममा परेको बताएकी छिन् ।

आफ्नो निजी जीवनबारे फिल्मफेयरलाई दिएको एक अन्तर्वार्तामा उनले यस्तो बताएकी हुन् ।

उनले निजी जीवनबाट भने आफू खुशी नभएको समेत बताएकी छिन् ।

अन्तर्वार्तामा उनले भनेकी छन्,‘विगतमा गलत मानिसलाई मात्रै मैले प्रेम किन गरे थाहा छैन । म सोच्थे, म किन बारम्बार यस्तो गर्दैछु । म पटकपटक गलत मानिसप्रति आकर्षित हुन पुग्छु ।’

उनले तत्कालै विवाह गरिहाल्ने वा प्रेममा परिहाल्ने मूडमा नरहेको बताएकी छन् ।

मनिषाले सन् २०१० मा नेपाली व्यावसायी सम्राट दाहालसँग विवाह गरेकी थिइन् । तर उनीहरुले दुई वर्षमै सम्बन्ध विच्छेद गरे ।

प्रतिक्रिया