पूर्व एसपीको आरोप– ‘आईजी शैलेश थापाले यौन दुर्व्यवहार आरोपीलाई छाड्न दिएका थिए दबाब’


काठमाडौं – नेपाल प्रहरीका पूर्व प्रहरी उपरीक्षक (एसपी) आभूषण तिम्सिनाले पूर्व आईजी शैलश थापामाथि गम्भीर आरोप लगाएका छन् ।

तिम्सिनाले सामाजिक सञ्जालमार्फत् महिलाको अस्मितालाई पदको अहंकारमा दबाउने प्रमुख भएको जनाएका छन् ।

तिमिल्सिनाले सामाजिक सञ्जालमा एक लामो स्टाटस लेख्दै १२ पूर्व आईजीका बारेमा आप्mनो धारणा लेख्ने क्रममा थापाले एउटा घटनामा आफूलाई जर्बजस्ती अव्यावसायिक काम गर्न लगाएको आरोप लगाएका छन् ।

तिम्सिना लेख्छन्, शैलेश थापाको बारेमा म के भनु यी भनेका मलाई व्यक्तिगत रुपमा कुनै दिन म सिन्धुलिको प्रमुख हुँदा मलाई मेरो नैतिकता भन्दा बाहिर ( कुनै यौन दुर्ब्यबहारको मुद्दा जुन मुद्दामा कुनै सिन्धुलीको तत्कालीन सत्तासिन दलको कार्यकर्ताले कुनै एकल महिलालाई रातको समयमा एकल महिलाको यौनांगमा समात्न गए पश्चात प्रहरीले पक्राउ गरेर ल्याए पश्चात मलाई तलाई तानिदिउ कि छाड्छस भनेर मैले तिन पटक सम्म नमान्दा पनि मलाई अन्तिममा जबरजस्ती छाड्न बाध्य बनाउने आइजिपि हुन। एक महिलाको अस्मितालाई पदको अहंकारमा पाइतालामुनि दबाउने यिनको म के कुरा गरूँ ।

प्रतिक्रिया