गोली प्रहार गरी सुनको सिक्री लुटपाट गर्ने दुईजना पक्राउ


काठमाडाै- महोत्तरीको गौशालामा युवकलाई गोली प्रहार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमाल धनुषाको सबैला नगरपालिका ९ भटिहनका ४७ वर्षीय शशी शंकर कापर र महोत्तरीको भंगाहा नगरपालिका -२ बखरी टोलका ३० वर्षीय आशिष कुमार कंठ छन् ।

पक्राउ परेका आरोपित दुवैजनालाई महोत्तरी प्रहरीले बिहीबार सार्वजनिक गरेको हो । अनुसन्धानका क्रममा दुबैजना यसअघि पनि विभिन्न मुद्दामा जेल चलान भएर छुटिसकेको खुलेको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी सन्तुलाल जयसवारले बताए ।

गत जेठ २८ गते गौशाला नगरपालिका-५, मरहा खोलामा साँझ साढे ५ बजे वडा नम्बर ११ बस्ने विनयकुमार सिंहमाथि गोली प्रहार गरी सुनको सिक्री लुटपाट भएको थियो । घटना महतो घाइते भएका थिए ।   उनीहरुबाट लोड भएका कटुवा पेस्तोल र मोटरसाइकल बरामद भएको छ ।

प्रहरीका अनुसार पक्राउ २ जना पटके अभियुक्त हुन् । विभिन्न मुद्दामा जेल परेका उनीहरु ०७९ मा कैद भुक्तानपश्चात रिहा भएका थिए ।

पक्राउ परेका दुबैजनालाई हातहतियार तथा खरखजना,चोरी डाका, ज्यान मार्ने उद्योग र संगठित अपराध गरि चार मुद्दा दर्ता गरि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोतरीका प्रहरी उपरीक्षक नकुल पोखरेलले बताए ।

 

प्रतिक्रिया