किन रोकियो प्रहरी ईन्सपेक्टर सरुवा र बढुवा? ‘वैल्डिङ ग्रुप’को अर्को चर्चा


काठमाडौं– नेपाल प्रहरी महानिरिक्षक (आईजी) शैलेश थापा क्षत्रीको कार्य क्षमतामा प्रश्न उठ्न थालेको छ । आईजी थापाले १५ महिना पुरा भईसकेका प्रहरी निरीक्षक (ईन्सपेक्टर) को सरुवा तथा प्रहरी नायब निरीक्षक (सई) को बढुवा गर्न सकेका छैनन्।

प्रहरी जवानदेखि सईसम्मको बढुवा गत साता भईसकेको छ । तर, ईन्सपेक्टरको बढुवा र सरुवा भने एक महिनादेखि रोकिएको छ ।

नेपाल प्रहरीमा हाल ४६ जना ईन्सपेक्टरको बढुवा गरी पूर्ती गर्नुपर्ने दरबन्दी खाली छ । रिक्त दरबन्दी ०५५ सालमा प्रहरी सहायक निरीक्षक (असई) पदमा भर्ना भई ०५९ र ०६० मा सईमा बढुवा भएका ३९ जना प्रहरी नायब निरीक्षक (सई)हरू आंकाक्षी छन्। जसमा ४ जनाले आधारभूत तालिम समेत नगरेको स्रोतको दाबी छ। अन्य ९ जना बिभिन्न कालखण्डमा कारवाही भोगेकादेखि जागिर छाडेर पछि जोडिएका छन् । जसलाई प्रहरी संगठनभित्र ‘वैल्डिङ ग्रुप’को नामले चिनाईन्छ ।

गतबर्ष ईन्सपेक्टर बढुवामा यो समूहलाई यही कारण देखाउँदै ०५८ मा प्रहरी सहायक निरीक्षक (असई) मा भर्ती भई २२ भदौ २०६२ बढुवा भएका ७ जना सईलाई ईन्सपेक्टर बढुवा गरिएको थियो। जति बेला बढुवा समितिको सदस्य सचिव हालका आईजी थापा थिए।

उनै आईजीले अहिले गत बर्ष अयोग्य ठहर भई बढुवाबाट छुटेका सम्पूर्ण सईलाई ईन्सपेक्टर बढुवा गर्नुपर्ने अडान लिएको स्रोत बताउँछ। जसको कारण उनको नैतिकतामा समेत प्रश्न उठ्न थालेको छ। गतबर्ष बढुवामा परेका ०६२ प्रहरी सहायक निरीक्षक संगठनलाई काम गर्ने भन्दा नेता र हाकिमलाई चाकडी गर्ने बढुवा सूचीमा परेका छन्।

नेता, सचिव, पिएसओ प्रधानमन्त्री कार्यालयमा कार्यारत सईहरू बढुवामा बाजी मारेका थिए । जसलाई बढुवा गर्ने प्रशासनका प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) तथा बढुवा समितिका अध्यक्ष वर्तमान आईजी थापा आँफै थिए।

उता १५ महिनादेखि प्रहरी ईन्सपेक्टरको सरुवा हुन सकेको छैन। पूर्वआईजी सर्वेन्द्र खनालको पालामा सरुवा भएका ईन्सपेक्टरको १५ महिना बितिसक्दा पनि सरुवा हुन सकेको छैन। जसको कारण  प्रहरीको दैनिक काममा समेत असर पुग्न थालेको बताइन्छ ।

गतबर्ष ७ पुस र फागुनको दुई लट ईन्सपेक्टरको सरुवाको अवधि १३ महिना र १५ महिना पूरा भईसकेको छ । ईञ्चार्ज पाएका ईन्सपेक्टरहरू झोली कसेर सरुवा कुरेर बसेका छन्। तर, आईजीले आफ्नो केही स्वार्थ पूरा गर्न इन्सपेक्टरको सरुवा र बढुवा रोकेको आरोप लाग्न थालेको छ। नेपाल प्रहरीका प्रवक्ता एसएसपी बसन्त कुवँरले प्रहरी ईन्सपेक्टरको बढुवा र सरुवा प्रक्रियामै रहेको बताए।

प्रतिक्रिया