खरेलले राजीनामा दिएको केही घन्टामै बडाल महान्यायाधिवक्तामा नियुक्त


काठमाडौं – सरकारले महान्यायाधिवक्तामा रमेश बडाललाई नियुक्त गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकारको मुख्य कानुनी सल्लाहकार महान्यायाधिवक्तामा रमेश बडाललाई नियुक्त गरेकी हुन् ।

राष्ट्रपति भण्डारीसमक्ष प्रधानमन्त्री केपी ओलीले महान्यायाधिवक्तामा अधिवक्ता रमेश बडाललाई नियुक्तिका लागि सिफारिस गरेपछि उनलाई नियुक्त गरिएको हो ।

निवर्तमान महान्यायधिवक्ता अग्नी खरेलले शुक्रबार दिउँसो पत्रकार सम्मेलन गर्दै राजीनामा दिएको घोषणा गरेलगत्तै सरकारले महान्यायाधिवक्तामा बडाललाई नियुक्त गरेको जनाइएको छ ।

प्रतिनिधि सभा विघटनको मुद्दामा प्रधानमन्त्री ओलीको तर्फबाट बहस गरेका बडाल ओली निकट कानुन व्यवसायी मानिन्छन् ।

प्रतिक्रिया