

घाँस काट्न गएकी युवती बारीमै बलात्कृत

लमजुङ- लमजुङमा एक १९ वर्षीया युवती घाँस काट्न गएको बेला आफ्नै बारीमा बलात्कृत भएकी छन् । दूधपोखरी गाउँपालिका– ६ मा भएको सो घट्नामा सोही वडाका ४८ वर्षीय प्रसाद गुरुङलाई प्रहरीले पक्राउ गरेको छ
घट्ना भएको चारदिनपछि गुरुङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी थानेश्वर चपाईले बताए । उनका अनुसार पीडित घाँस काट्न गएको थाहा पाई पिछा गर्दै गएर जवरजस्तीकरणी गरेका थिए ।
पीडितलाई पीडक गरुङले सो घट्ना कसैलाई भनेमा मारिदिने धम्की दिएकोले समयमा उजुरी गर्न नसकेको पीडित परिवारले बताएका छन् ।
अभियुक्त गुरुङलाई जिल्ला अदालतमा पेस गरि ७ दिनको म्याद लिई थप अनुसन्धान गर्ने तयारी गरिएको छ ।

