छुरा प्रहारबाट घाइते युवा सङ्घका नेताको मृत्यु, दोषीलाई कारबाही गर्न माग


बुटवल- राष्ट्रिय युवा सङ्घ नेपाल रुपन्देहीका पूर्व सदस्य रवि थापाको छुरा प्रहारबाट मृत्यु भएको छ । एक समूहको छुरा प्रहारबाट घाइते भएका बुटवल–७, निवासी ३६ वर्षीय उनको उपचारका क्रममा मंगलबार मृत्यु भएको हो ।

उनीमाथि गत जेठ २ गते बुटवल कालिकानगरस्थित एक रेस्टुरेन्टमा छुरा प्रहार भएको थियो ।

गत जेठ २ गते भएको घटनामा संलग्न व्यक्तिको हालसम्म पनि खोजी कार्य नहुनु अत्यन्तै दुःखद भएकाे युवा संघ रुपन्देहीका अध्यक्ष विकासजंग बस्नेतले बताए । उनले घटनामा संलग्न दोषीलाई कानुनी कारबाहीका लागि आग्रह गर्दै इलाका प्रहरी कार्यालय बुटवलमा ध्यानाकर्षण गराइएको जानकारी दिए ।

अपराधीको पहिचानसमेत खुलिसकेको अवस्थामा पनि हालसम्म उनीहरू पक्राउ नगरिएको युवासंघको गुनासो छ ।

प्रतिक्रिया