दक्षिणकाली घटना अनुसन्धानका लागि तालिम प्राप्त कुकुर र फरेन्सिक विज्ञटोली


काठमाडौं – दक्षिणकाली नगरपालिकाको खहरेमा दुईजना पुरुषको शव भेटिएको घटनाको अनुसन्धानका लागि प्रहरीले तालिम प्राप्त कुकुर र फरेन्सिक विज्ञलाई घटनास्थलमा बोलाएको छ ।

काठमाडौं प्रहरीका एक अधिकृतका अनुसार केन्द्रीय प्रहरी कुकुर तालिम केन्द्रबाट विशेषज्ञ कुकुर बोलाइएको छ भने त्रिवि शिक्षण अस्पतालबाट फरेन्सिक विज्ञ बोलाइएको हो । शुक्रबार दिउँसो अन्दाजी २० र २५ वर्षको पुरुषको शव भेटिएको थियो ।

अहिले घटनास्थलमा जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी अशोक सिंह, प्रहरी उपरीक्षक (एसपी) रमेशकुमार बस्नेत लगायतको टोली पुगेको छ ।

काठमाडौंका एसएसपी सिंहका अनुसार दुवैजनाको मुखबाट फिँज निस्किएको देखिएको छ । छेऊमा सल्फस नामक विषादीको बट्टा पनि भेटिएको प्रहरीले जनाएको छ ।

शवको सनाखत हुन बाँकी नै रहेको छ ।

 

प्रतिक्रिया