इटहरीमा निजी कलेजका विद्यार्थीहरु उत्रिए सडकमा


इटहरी – इटहरीका निजी कलेजका विद्यार्थीहरु सडकमा उत्रिएका छन्। ६ महिना पढाएर एक वर्षको शुल्क लिएको भन्दै इटहरीका निजी कलेजका विद्यार्थीहरु सडकमा उत्रिएका हुन्।

उनीहरुले एक सातादेखि दैनिक जसो इटहरीको सडकमा उत्रिएर ‘वि वान्ट जस्टिस’ भन्दै नारा लगाउन थालेका छन्। शुक्रबार पनि उनीहरुले इटहरीका सबै ठूला निजी क्याम्पसमा गएर नारा लगाउँदै प्रदर्शन गरेका छन्। ठूलो संख्यामा सडकमा उत्रिएका विद्यार्थीहरुले इटहरी चोक केही समय जामसमेत गरेका छन् भने इटहरी उपमहानगरपालिका कार्यालयसमेत घेराउ गरे।

कोरोनाका कारण ढिलो गरी पढाइ सुरु भएपनि शैक्षिक संस्थाले भने वर्षभरीकै शुल्क मागेपछि विद्यार्थीहरुले आन्दोलन थालेका हुन्।
कक्षा १२ को परीक्षा जेठमा तय भएपछि विद्यार्थीसँग उच्च माविहरुले शुल्क मागेका थिए।

प्रतिक्रिया