रविलाई विश्वप्रकाशको चुनौती- अहिले पनि गृहमन्त्री हुनुहुन्छ, भ्रष्टाचारको फाइल खोल्नुस्


काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचारसम्बन्धी फाइल खोल्न उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई कसैले नरोकेको बताएका छन् ।

महामन्त्री शर्माले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले भ्रष्टाचारको फाइल खोल्न लाग्दा गठबन्धन ढलेको भनेर गरेको दाबीको खण्डन गरेका हुन् । उनले लामिछाने हालपनि गृहमन्त्री नै रहेको हुँदा हिम्मत भए फाइल खोलेर देखाउन चुनौती दिए ।

‘भ्रष्टाचारको फाइल खोल्दै थियौं त्यस कारण सरकारबाट हटाइयो भन्नुहुन्छ। अहिले पनि गृहमन्त्री हुनुहुन्छ। प्रधानमन्त्रीले राजीनामा दिए आज साँझसम्म हुनुहुन्छ। नदिए एक महिना हुनुहुन्छ । कुनै पनि फाइलहरूमा कुर्नै आग्रह पूर्वाग्रह, कसैको बारेमा राख्नुहुन्न । भ्रष्टाचारको नियन्त्रण गर्न सबैभन्दा बलियो कानून कांग्रेसले बनाएको छ’ उनले भने ।

प्रतिक्रिया