भारतमा सत्सङमा भागदौड हुँदा मृत्यु हुनेको संख्या १२१ पुग्यो, कसरी भयो घटना ? [तस्बीरहरु]


काठमाडाैं- भारतको उत्तर प्रदेशमा मंगलबार एउटा धार्मिक भेलामा भएको भागदौडमा मृत्यु हुने मानिसको सङ्ख्या १२१ पुगेको छ ।

हाथरस जिल्लामा आयोजित एउटा सत्सङ कार्यक्रममा उक्त घटना भएको थियो । त्यसलाई भारतलाई एक दशकको अवधिमा भएको सबैभन्दा घातक भागदौड मानिएको छ । कार्यक्रममा दुई लाख ५० हजारभन्दा बढी मानिस सहभागी भएको प्रहरीले जनाएको छ । यद्यपि ८० हजार जनालाई मात्र सहभागी गराउन पाइने अनुमति आयोजकहरूसँग थियो ।

प्रहरीले कार्यक्रमका आयोजकबारे छानबिन थालेको छ। केही अधिकारीहरूले कार्यक्रममा सहभागी भएका मानिसहरूले प्रवचनकर्ताको पाउको धुलो लिन खोज्दा भागदौड भएको जनाएका छन् । तर केहीले भने हुरीले धुलो फैलाउँदा कोलाहल मच्चिएको र भागदौड भएको बताएको रोएटर्सले जनाएको छ ।

भिडमा च्यापिँदा केही मानिस बेहोस भएर ढलेपछि उनीहरूलाई अरू मानिसले कुल्चिन पुगेका थिए ।

प्रतिक्रिया