प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री लामिछानेबीच सिंहदरबारमा छलफल


काठमाडौं -प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री रवि लामिछानेबीच सिंहदरबारमा भेटवार्ता जारी छ ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा उनीहरुबीच भेटवार्ता भइरहेको हो ।

विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे उनीहरुबीच कुराकानी भइरहेको छ ।

रास्वपाका सभापति रहेका लामिछानेको पार्टीको आजको बैठकले एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा नजाने निर्णय गरेको थियो ।

तर सरकारमा रहेका मन्त्रीलाई राजीनामा गर्न निर्देशन रास्वपाले गरेको थियो ।

प्रतिक्रिया