नेकपा एमालेको सचिवालय बैठक सुरू


काठमाडौं – नेकपा एमालेको सचिवालय बैठक सुरू भएको छ । पार्टी मुख्यालय च्यासल ललितपुरमा एमालेको सचिवालय बैठक सुरू भएको हो ।

बैठकमा नेपाली कांग्रेससँगको सत्ता समीकरण लगायतका विषयमा छलफल हुने बताइएको छ ।

नेकपा एमाले नेकपा माओवादी केन्द्रसँगको सत्ता समीकरण तोडेर नेपाली कांग्रेससँग सत्ता साझेदारीमा अघि बढेको छ ।

सोमबार मध्यरात मुलुकका दुई ठूला दल कांग्रेस र एमालेले आलोपालो सरकारको नेतृत्व गर्ने लगायतका विषयमा समझदारी गरेका छन् । यद्यपि समझदारी पत्र सार्वजनिक भएको छैन ।

प्रतिक्रिया