पक्राउ परे दुगड आइरनका मालिक


काठमाडौं – प्रहरीले दुगड आइरन उद्योग तथा कजरिया टायल्सका प्रवन्ध निर्देशक प्रकाश दुगडलाई पक्राउ गरेको छ। दुगडलाई कालीमाटी क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

दुगडलाई बैंकिङ कसुर मुद्दामा पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले जानकारी दिए।

खातामा रकम नभएको चेक दिएपछि कमलपोखरी वृत्तमा उनीविरूद्व जाहेरी परेको थियो। अहिले उनलाई कमलपोखरी वृत्तमा राखिएको छ।

प्रतिक्रिया