अर्थमन्त्रीमा विष्णु पौडेल !


काठमाडौं — नेपाली कांग्रेस र नेकपा एमालेको सहमतिमा बन्ने सरकारमा अर्थमन्त्री विष्णु पौडेल हुने सम्भावना बढेको छ।

सोमबार मध्यराती भएको सहमति अनुसार पहिलो चरणको सरकारको नेतृत्व नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् भने दोस्रो चरणको नेतृत्व कांग्रेस सभापति शेरबहादुर देउवाले गर्ने भएका छन्।

एमालेले अर्थसहित ९ वटा मन्त्रालय र कांग्रेसले गृहसहित १० वटा मन्त्रालय लिने प्रारम्भिक सहमति भएको थियो।

सो सहमतिसँगै अर्थमन्त्रीमा विष्णु पौडेल आउने सम्भावना बढेको हो। पौडेल अर्थमन्त्री हुने सम्भावना बढेसँगै शेयर बजारमा उछाल आएको छ । त्यससँगै कारोबारको पहिलो मिनेटमै ४ प्रतिशतले बजार बढेर २० मिनेटका लागि कारोबार रोकिएको छ ।

कांग्रेससँगको सत्ता समीकरणलगायतका विषयमा छलफल गर्न आज दिउँसो एमाले सचिवालयको बैठक बोलाइएको छ।

प्रतिक्रिया