नयाँ बन्ने सरकारलाई ‘मार्केट’को स्वागत, एक मिनेटमै लाग्यो सकारात्मक सर्किट !


काठमाडौं — सत्ता समीकरण परिवर्तन हुने भएसँगै सेयर बजारमा सकारात्मक सर्किट ब्रेक लागेको छ ।

कारोबार सुरु भएको १ मिनेटमै बजार परिसूचक नेप्से ४ प्रतिशतले बढेपछि पहिलो सर्किट ब्रेक लागेको हो । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ८२ अंक (४ प्रतिशत) बढेको छ । पहिलो सर्किट ब्रेक लागेपछि कारोबार रोकिएको छ ।

मुलुकका दुई ठूला राजनीतिक दलबीच सरकार बनाउने सहमति भएसँगै बजारले नयाँ बन्न लागेको सरकारलाई सकारात्मक स्वागत गर्न लागेको देखिएको छ ।

२१६ कम्पनीको मूल्य बढेको छ भने एउटाको घटेको र दुईको स्थिर छ ।

 

प्रतिक्रिया