प्रचण्डसँगको साढे ३ घण्टाको छलफलपछि बालुवाटारबाट निस्किए ओली


काठमाडौं — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीचको छलफल साढे ३ घण्टामा सकिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुबीच छलफल जारी थियो ।

प्रचण्ड भेट्न एमाले अध्यक्ष ९ बजे बालुवाटार पुगेका थिए । उनी साढे १२ बजे निस्किएका हुन् । उनीहरुबीच यसअघि हिजो पनि भेटवार्ता भएको थियो ।

शनिवार कांग्रेस सभापति शेरबहादुर देउवालाई घरमै बोलाएर ओलीले तीन घण्टा छलफल गरेपछि अहिले शीर्ष नेताहरूको भेटघाट बाक्लिएको छ ।

आइतबार मात्रै ओली, प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सिंहदरबारमा छलफल गरेका थिए ।

प्रतिक्रिया