खानेपानी मन्त्रीलाई शौच लागेपछि रोकिएको थियो प्रतिनिधिसभा बैठक


काठमाडौं- प्रतिनिधिसभा बैठकमा सरकारको एकजना पनि मन्त्री उपस्थित नभएपछि १५ मिनेटपछि बस्नेगरी बैठक स्थगित भएको छ । सोमबार ११ बजेका लागि बोलाइएको बैठक करिब १७ मिनेट ढिला सुरु भएको थियो ।

बैठक शुरु हुना साथ कांग्रेसका सांसद रामकृष्ण यादवले संसद संचालन हुदा सरकारका कम्तीमा एक मन्त्री अनिवार्य उपस्थित हुनुपर्ने व्यवस्था रहेको भन्दै आजको बैठकमा सरकारका मन्त्री उपस्थित नरहेको भन्दै सभामुखको ध्यानाकर्षण गराएका थिए ।

बैठक सुरु हुनुअघि भने खानेपानीमन्त्री राजेन्द्र राई सभामुख देवराज घिमिरेको सम्पर्कमा पुगेका थिए । उनी आएको देखेकाले सभामुखले बैठक सुरु गरे । तर, बैठक सुरु हुँदा भने मन्त्री राई उपस्थित भएका थिएनन् ।

सचिवालय स्रोतका अनुसार, खानेपानीमन्त्री राईलाई संसद्को घण्टी बजिसकेपछि शौच लागेकाे थियाे । शौचालय गएकाले बैठकको काम–कारबाही सुरु हुँदासम्म उनी प्रधानमन्त्री तथा मन्त्रीहरूका निम्ति छुट्ट्याइएको केन्द्रभागको रोमा पुग्न भ्याएनन् ।

त्यसपछि उनी अनुपस्थित भएकाले प्रमुख प्रतिपक्षले प्रश्न उठायो र बैठक स्थगित गरियो ।

 

प्रतिक्रिया