प्रचण्डलाई अमृत बोहोराको आग्रह– एमालेसँग पार्टी एकताको लागि पहल गर्नुस्


काठमाडौं – नेकपा एमालेका नेता अमृतकुमार बोहोराले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कम्युनिष्टबीच सहकार्य गर्दै पार्टी एकताको पहल गर्न आग्रह गरेका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित जगत सावित्री स्मृति प्रतिष्ठानको कार्यक्रममा नेता बोहोराले प्रचण्डलाई यस्तो आग्रह गरेका हुन् ।
बोहराले देशमा वामपन्थीहरुको ठुलो जनमत रहेको भन्दै सबै एक ठाउँमा आउनुपर्ने बताए ।

प्रतिक्रिया