बैतडीका किशोरीहरुमा ‘कन्भर्सन डिसअडर’को समस्या


बैतडी- बैतडीको सिगास गाउँपालिका-५ स्थित भुवनेश्वरी माविका छात्राहरूमा कन्भर्शन डिसअर्डरको समस्या देखिएको छ ।

विद्यालयका करिब १ दर्जन किशोरीहरूमा दिउँसोको समयमा काम्ने, झम्टिने र भागदौड गर्ने जस्ता समस्या देखिने गरेको छ ।

उनीहरुलाई दिउँसोको १२ बज्नुभन्दा केही समय अगाडी यो समस्या देखिने गरेको छ । उनीहरूलाई यो समयमा सम्हाल्नै मुस्किल पर्ने गरेको छ । निकै भयानक रूपले प्रस्तुत उनीहरुलाई नियन्त्रणमा लिन विद्यालयका शिक्षक शिक्षिका र विद्यार्थीहरूले निकै मेहेनत गर्नुपर्छ । जेठ र असारको महिनामा यस्तो समस्या देखिने गरेको शिक्षक रघुबिर सिंह धामी बताउछन् । दैनिक नयाँ विद्यार्थीमा यो समस्या देखिने गरेको उनले बताए ।

गाउँपालिकाले समस्यका बारेमा जिल्ला अस्पताल बैतडीलाई पत्र पठाएपछि कार्यरत मनोसामाजिक विमर्शकर्ताहरु भुवनेश्वरी माविमा पुगेका थिए । तर, विद्यालयबाटै असहयोग भएको भन्दै उनी फर्किएकाछन् ।

अब भने काठमाडौंबाट निःशुल्क रुपमा आउन मनोविमर्शकर्ताहरु सम्पर्कमा आएकाले उनीहरु बोलाएर समस्या समाधान गरिने गाउँपालिका अध्यक्ष हरिसिंह धामीले बताए ।

 

प्रतिक्रिया