सटर देखाएर साढे १३ करोड ठगी गर्ने ६ पक्राउ


काठमाडौं – कलंकीस्थित ट्रेड सेन्टरका सटर देखाएर ठगी गर्ने गिरोह पक्राउ परेको छ ।

काठमाडौं जिल्ला प्रहरी परिसरका अनुसार कलंकी डेभलपर्स र मिला ल्याड डेभलपमेन्ट प्रा.लि.का सञ्चालक नरेन्द्र बज्राचार्यसमेतले कलंकीस्थित ट्रेड सेन्टरका सटरहरुको स्वामित्व हस्तान्तरण गर्ने भनी विश्वास दिलाई साढे १३ करोड ठगी गर्नेलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा बज्राचार्यसमेत काठमाडौं–१६ का राजु महर्जन, ललितपुर कुपन्डोलका राजेशकृष्ण श्रेष्ठ, पाल्पा तानसेनका निरन्जनकुमार श्रेष्ठ, कास्की रुपा गाउँपालिकाका चिरञ्जिवी पौडेल र स्याङ्जा वालिङका शान्तिरमण पंगेनी छन् ।

उनीहरुलाई काठमाडौं जिल्ला अदालतबाट पक्राउ पूर्जी लिएर पक्राउ गरी ३ दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको पनि प्रहरीले जनाएको छ ।

प्रतिक्रिया