राजधानीबाट २२ ग्राम खैरो हेरोइनसहित २ पक्राउ


काठमाडौं – काठमाडौंको बानियाँटारबाट प्रहरीले लागूऔषध खैरो हेराइनसहित दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बर्दिया घर भएर टोखा नगरपालिका–८ मा बस्ने १९ वर्षीय भरत बोहरा र मोरङ घर भएर टोखा बस्ने २६ वर्षीय तुलाराम चौधरी छन् ।

उनीहरुलाई जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो । उनीहरुको साथबाट २२ ग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

उनीहरुले लागूऔषध बेच्न प्रयोग गर्ने बा.९० प ४२९१ नम्बरको मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ ।

उनीहरू विरुद्ध लागूऔषध मुद्दामा म्याद लिएर प्रहरी वृत्त महाराजगन्जले अनुसन्धान गरिरहेको छ ।

 

प्रतिक्रिया