विराटनगर महानगरको बजेट ३ अर्ब ४९ करोड


काठमाडौँ – विराटनगर महानगरपालिकाले आर्थिक वर्ष २०८१/८२ कालागि ३ अर्ब ४९ करोड ९८ लाख ८६ हजारको अनुमानित बजेट सार्वजनिक गरेको छ । सोमबार महानगरको १४ औँ नगर सभामा उपप्रमुख शिल्पा निरौला कार्कीले चालु वर्षको संशोधित बजेट भन्दा १३ करोड ८१ लाख २१ बढी बजेट सार्वजनिक गरेकी हुन् ।

बजेट प्रस्तुतका क्रममा कार्कीले लक्ष्यअनुसार महानगरको आम्दानी हुन नसकेको र आर्थिक सङ्कटका कारण आगामी वर्षको नीति तथा कार्यक्रममा महानगरले नयाँ कार्यक्रम थप्न नसकेको बताएकी थिइन् ।

यो महानगरले चालुवर्ष संशोधनसहितको ३ अर्ब ३६ करोड १७ लाख बजेट तर्जुमा गर्दा जेठ मसान्त सम्ममा २ अर्ब ३७ करोड ५४ लाख ६२ हजार रुपैयाँमात्र आम्दानी गरेको छ । आन्तरिक आय ८९ करोड ५० लाख लक्ष्य राख्दा महानगरले जेठ मसान्त सम्ममा ४१ करोड ९८ लाखमात्र आम्दानी भएको छ ।

उपप्रमुख कार्कीले आगामी वर्षको कूल अनुमानित बजेटकालागि आन्तरिक आयबाट १ अर्ब १० करोड ८६ लाख ८५ हजार, वित्तीय समानीकरण अनुदान संघीय सरकारबाट ३२ करोड ६६ लाख, प्रदेश सरकारबाट २ करोड ४९ लाख २९ हजार, राजश्व बाँडफाँडमध्ये मूल्य अभिबृद्धि करबाट १६ करोड ११ लाख ७६ हजार, अन्तशूल्कबाट ५ करोड ८५ लााख ४१ हजार, वन रोयल्टीवाट ५ लाख ८२ हजार, घरजग्गा रजिष्ट्रेशन दस्तुरबाट ५६ करोड ७९ लाख २८ हजार, सवारी साधन करबाट ३ करोड ८७ लाख एक हजार, मनोरञ्जन तथा विज्ञापन करबाट एक करोड आय गर्ने लक्ष्य रहेको बताइन् ।

त्यसैगरी आयमध्ये संघीय सरकार सशर्त अनुदान ८० करोड ७७ लाख, विशेष अनुदान ७ करोड ५० लाख, समपुरक अनुदान १ करोड १० लाख, प्रदेश सरकार सशर्त अनुदान ३ करोड ९० लाख ४३ हजार, प्रदेश सरकार समपुरक अनुदान २ करोड र नगद मौज्जाद २५ करोड सहित आगामी वर्षको कुल बजेट ३ अर्ब ४९ करोड ९८ लाख ८६ हजार पुग्ने उपप्रमुख कार्कीको भनाई थियो ।

महानगरले आगामी वर्षकालागि तर्जुमा गरेको कुल अनुमानित बजेटमध्ये सामाजिक विकास क्षेत्र अर्न्तगत शैक्षिक विकास कार्यक्रमतर्फ ७८ करोड ७८ लाख एक हजार,स्वास्थ्य विकासतर्फ २० करोड ५७ लाख ९३ हजार, महिला लक्षित कार्यक्रमकालागि ९९ ललाख ५७ हजार, संघसस्थातर्फ २ करोड ७० लाख, लक्षित वर्ग कार्यक्रमकालागि ६२ लाख ८६ हजार, बालबालिका लक्षित कार्यक्रमकालागि ७० लाख ८० हजार, युवा विकास कार्यक्रमकालागि ९५ लाख ४८ हजार, खेलकुल तर्फ १ करोड ८ लाख, रोजगार प्रवर्द्धन कार्यक्रमकालागि ७० लाख ४६ हजार, जेष्ठ नागरिक तर्फ ९ लाख ९५ हजार र अपांगत क्षमता विकास कार्यक्रमकालागि २८ लाख ८ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

त्यसैगरी आर्थिक विकास क्षेत्र अर्न्तगत कृषि विकामा १ करोड ३ लाख, पशुपंक्षी तथा भेटेनरीतर्फ १ करोड ६३ लाख, ९७ हजार, सहकारी तर्फ २४ लाख, उद्यमशील विकासतर्फ ५० लाख, उपभोक्ता हित संरक्षणका लागि ८ लाख ५० हजार, पर्यटन प्रवर्द्धनका लागि १ करोड ९४ लाख, विनियोजन गरिएको छ ।

वन, वातावरण तथा विपद् व्यवस्थापन क्षेत्रतर्फ विपद् व्यवस्थापनतर्फ १ करोड २० लाख, वन वातावरण तथा जैविक विविधतातर्फ ३५ लाख ५० हजार,सरसफाइ कार्यक्रमकालागि १ करोड ३० लाख विनियोजन गरिएको छ ।

त्यस्तै सुशासन तथा सस्थागत विकास क्षेत्र अर्न्तगत राजश्व सुढृढीकरणका लागि ३० लाख, नगर प्रहरी तथा ट्राफिक व्यवस्थापनका लागि ४० लाख, सहरी विकासतर्फ ९० लाख, सूचना तथा सञ्चारतर्फ ६० लाख, सूचना तथा प्रविधि विकासतर्फ ८० लाख, सुशासन तथा सेवा प्रवाहकालागि १ करोड ८ लाख ४५ हजार, कानुन तथा न्यायतर्फ ७२ लाख ५० हजार, फोहोर पानी प्रशोधन केन्द्रकालागि २ करोड ९५ लाख, भूउपयोग आवास तथा वस्ती विकास कार्यक्रमकालागि ८५ लाख ४९ हजार, विद्युतीकरण कार्यक्रमकालागि २ करोड ९ लाख र नगरस्तरीय योजना तथा कार्यक्रम सञ्चालनकालागि ३५ करोड बजेट विनियोजन गरिएको छ ।

कार्यालय सञ्चालन तथा प्रशासनिक खर्च तर्फ ५९ करोड, सावा ब्याज भुक्तानीमा ५ करोड, चालु खर्चको दायित्व भुक्तानीमा ३ करोड ३४ लाख ८३ हजार, समपुरक कार्यक्रममा ६ करोड १० लाख, वडास्तरीय कार्यक्रममा ४३ करोड ३ लाख १२ हजार, बहुवर्षिय ठेक्का तथा गौरवका आयोजना एवं दायित्व सरेर आएका योजनाको भुक्तानीमा ५० करोड, वस्ती विकास तथा तराई मधेश समृद्धि कार्यक्रममा ५ करोड ६० लाख, रुपैयाँ लगायत विभिन्न निकायले निर्माण गरेका सडक, ढल नाला तथा अन्य मर्मर सम्भारकालागि ४ करोड ५० लाख, मर्मत सम्भारकालागि १० करोड र भारती सवारी साधन खरिदकालागि २ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

प्रतिक्रिया