नेपालमा छिट्टै राजतन्त्र फर्किन्छ : बाबा कालीदास


काठमाडौं- धार्मिक अभियन्ता बाबा कालीदासले देशलाई अभिभावकका रूपमा राजा आवश्यक रहेको बताएका छन्।

आइतबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा उनले पूर्वराजा ज्ञानेन्द्र शाहले धर्मराज युधिष्ठिर र राजा रामको जस्तो त्याग गरेको दाबी गरे। साथै, आफू हिन्दुराष्ट्रको पक्षमा रहेको स्पष्ट पारे ।

राजसंस्थाको पुनःस्थापनाबारे उनले जनताको चाहनाले निर्धारण गर्ने बताए । हाल नागरिकहरूमा जनचेतना जागृत भएको र निकट भविष्यमा नै राजतन्त्र फर्किन सक्ने सम्भावना रहेको उनले उल्लेख गरे ।

भारतीय तथा नेपाली सञ्चारमाध्यमहरूले समेत राजतन्त्रको वकालत गरिरहेको दाबी गर्दै उनले राजसंस्था पुनःस्थापित हुने सम्भावना बलियो बन्दै गएको धारणा राखे ।

प्रतिक्रिया