नारायणी किनारमा नुहाइरहेका मिलबहादुरमाथि गोहीको आक्रमण, मृत्यु


नवलपरासी- पूर्वी नवलपरासीमा गोहीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

सोमबार बिहान मध्यविन्दु नगरपालिका- २ स्थित नारायणी किनारमा गोहीले आक्रमण गर्दा ७२ वर्षीय मिलबहादुर थारूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी वेद पौडेलले जानकारी दिए।

थारू बिहान नुहाउन नदीमा गएका थिए । चितवन राष्ट्रिय निकुञ्जबाट टोलीले  गोहीलाई नियन्त्रणमा लिएको छ।

 

प्रतिक्रिया