५ जना मृत अवस्थामा फेला


काठमाडौं – देशका विभिन्न स्थानमा ५ जना मृत अवस्थामा फेला परेका छन् ।

प्रहरीका अनुसार काभ्रेको पाँचखाल नगरपालिका-६ ढुङ्गाना बेशी बस्ने ६० वर्षीय चन्द्र दनुवार सोही ठाउँस्थित सडकमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै तनहुँको म्याग्दे गाउँपालिका-६ अकला टोल बस्ने ६१ वर्षीय तुलसी प्रसाद वाग्ले सोही ठाउँस्थित अकला मन्दिर अगाडि शनिबार मृत अवस्थामा फेला परेका छन् ।

यता चितवनको भरतपुर महानगरपालिका-८ अशोक चोकमा सोही ठाउँ बस्ने तनहुँ भानु नगरपालिका-१२ घर भएका ५२ वर्षीय जुद्ध बहादुर बुढा थापा शनिबार मृत अवस्थामा फेला परेका छन् ।

त्यसरीगरी दोलखाको शैलुङ गाउँपालिका-२ पाटास्थित थगाम जंगलको खोल्सामा सोही ठाउँ बस्ने ५३ वर्षीय दिल बहादुर अधिकारी शनिबार मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै दाङको शान्तिनगर गाउँपालिका-६ देबीपुरघाटस्थित बबई नदीमा दङ्गिशरण गाउँपालिका-३ बस्ने ५० वर्षीय बुद्धिराम चौधरी शनिबार मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

प्रतिक्रिया